स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेको संख्या ७१ हजार नाघ्यो

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको संख्या ७१ हजार नाघेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारको विवरण संकलन कार्य जारी रहेकाले यो संख्या बढ्दै जाने आयोगको भनाइ छ ।

आयोगका अनुसार प्रमुख पदमा २ हजार ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्षमा २ हजार २२१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदमा १३१८ जना तथा उपाध्यक्ष पदमा १५४४ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी वडाध्यक्षमा १७ हजार ७०१ जनाले उम्मेदवारी दिँदा महिला सदस्य पदमा १० हजार ३७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी हालसम्म सदस्य पदमा उम्मेदवारी दिनेको संख्या २४ हजार ३०९ जना पुगेको छ ।

सोमबार, १२ बैशाख, २०७९, रातीको ०९:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर