

विराटनगर ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा वडा अध्यक्ष सहित सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा बिपना तुम्बाहाम्फे विक निर्वाचित भएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
उनिहरु सबै जना स्वतन्त्र वाट मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र बाहेक कोही पनि उम्मेदवारी दर्ता गराउन नआएको उनले बताए ।
निर्विरोध भए पनि अहिले नै घोषणा गर्न नमिल्ने निर्वाचन अधिकृत दाहालले बताए।