राप्रपाबाट विराटनगरको मेयरमा प्रल्हाद साह र उपमेयरमा बविता आचायको टुंगो

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रल्हाद साह विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने भएका छन् । राप्रपाले केहीबेर अघि साहलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले साहलाई विराटनगरको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

साह विराटनगरका पूर्व मेयर समेत हुन् । उनी पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा २०६२ सालमा भएको स्थानीय निर्वाचनबाट मेयर निर्वाचित भएका थिए । यसैगरी उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको श्रेष्ठले जानकारी दिए ।

साह २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयर पदका उम्मेदवार थिए । उनले ५ हजार ५०० बढी मत प्राप्त गरेका थिए ।

सोमबार, १२ बैशाख, २०७९, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर