विराटनगर । पाँच दलीय गठबन्धनको तर्फबाट विराटनगरको प्रमुखको उम्मेद्वार नागेश कोइराला हुने भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले कोइरालालाई टिकट दिने निर्णय भएको हो ।
पाँच दलीय गठबन्धनको निर्णय अनुसार विराटनगरको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीले लिनेछन् । कांग्रेसले उम्मेद्वारको टुंगो लगाएपनि जसपाले टुंगो लगाएको छैन ।
कांग्रेसले प्रमुखका लागि संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको पहलमा नागेशले टिकट पाएका हुन् । कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाबाट कांग्रेसले यसअघि ६ जनाको नाम प्रमुखमा सिफारिस गरेको थियो ।
सिफारिस गरिएका अन्य नामहरुमा मोरङ जिल्लाका उपसभापति कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मी रहेका थिए ।