विराटनगर । मोरङ ग्रामथान गाउँपालिका ४ कटहरामा जुवा खेली रहेका ७ जना जुवाडे पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँसहित ७ जना जुवाडेलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेलेको आरोपमा मोरङ ग्रामथान गाउँपालिका ५ का ५४ वर्षिय रुपेश कुमार तामाङ , सोठी ठाउँका ४७ वर्षिय सुरेश कुमार थारू ,
२८ वर्षिय रंजित साह, ४७ वर्षिय सत्य नारायण राजबंशी, झापा मेचीनगर ६ का ५७ वर्षिय हरिसचन्द्र गिरी, दमक नगरपालिका २ का ३६ वर्षिय निलम लिम्बु र धरान उपमहानगरपालिका ६ का ४४ वर्षिय सन्तोष थापा मगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका सातै जनालाई प्रहरीले जुवा ऐन अन्र्गतक कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ ।
