एमालेबाट विराटनगरको मेयरमा सागर, उपमेयर शिल्पा

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा महानगर कमिटी अध्यक्ष सागर थापालाई उम्मेदवार बनाउने भएको छ । उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने भएको हो ।
राती अबेर महानगरको मेयर र उपमेयर पदको अन्तिम नामा टुङ्गो लागेको जानकारी केन्द्रबाट एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए । महानगरको टुङ्गो भने केन्द्रले लगाउने भएकाले केही ढिलो भएको उनको भनाई छ ।
केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई र महानगर कमिटि अध्यक्ष सागर थापाको नाम सिफारिस महानगर कमिटीले सिफारिस गरेको थियो । प्रदेश कमिटीले भने  केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत पठाएको थियो ।
त्यसै गरी उपमेयरमा शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको थियो ।
सोमबार, १२ बैशाख, २०७९, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर