विराटनगरमा ३ जनाले प्रमुख र १८ जनाले वडाध्यक्षमा दिए उम्मेद्वारी

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि ३ जनाले प्रमुख पदमा उम्मेद्वारी दिएका छन् । जसमध्ये २ जना स्वतन्त्र छन् ।

यस्तै १८ जनाले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । वडाध्यक्षका ८ जना उम्मेद्वार स्वतन्त्र हुन् । यस्तै ३५ जनाले वडा सदस्यमा उम्मेद्वारी दिएका छन् ।

प्रमुखमा उम्मेद्वारी दिनेहरुमा सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डल, जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र स्थानीय सक्रिय गौतम रहेका छन् ।

आजको उम्मेद्वारी दर्तामा सद्भावना पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पाटी, विवेकशील साझा सहभागी भए ।

आइतबार, ११ बैशाख, २०७९, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर