विराटनगर । जसपा परित्याग गरेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिंजो जसपाको साधरणसदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।
उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रहलाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । कांग्रेसबाट प्रमुख पदका उम्मेद्वार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बन्दा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।
यादवले यसपटक पनि प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए । यद्यपि ५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेपछि उनी असन्तुष्ट बन्दै राजीनामा दिएका थिए ।
विराटनगरमा ३ जनाको वडाध्यक्षमा उम्मेद्वारी
विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा वडाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । जसमध्ये वडा नम्बर ९ मा नेपाल सद्भावना किशोरकुमार सलवारले उम्मेद्वारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेद्वार फूल महमतले उम्मेद्वारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।
Best of luck