विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेद्वारी दर्ताभएको छ ।
जसमध्ये वडा नम्बर ९ मा नेपाल सद्भावना किशोरकुमार सलवारले उम्मेद्वारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेद्वार फूल महमतले उम्मेद्वारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।