विराटनगर । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमवार (आज र भोली) देशभर उम्मेदवारी दर्ता हुँदैछ ।
बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि निर्वाचनमा सहभागी हुने दलहरूले यतिखेर धमाधम उम्मेदवारी छनौट गरिरहेका छन् ।
नेकपा एमालेले ५ महानगरपालिकाको मेयर र उपमेयरहरूमा उम्मेदवारी कसलाई उठाउने भन्ने निश्चित गरिसकेको छ । विराटनगरको भने वाकि रहेको छ ।
तर सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले भने महानगरपालिकामा अझै पनि उम्मेदवारी छनोट गर्न सकेको छैन ।
महानगरपालिकामा मेयर छनौटका लागि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।