धरानमा गठबन्धनबाट बाहिरियो जसपा

विराटनगर । धरानमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ ।

बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा वडाको भागवण्डामा सहमति भएपनि वडा सदस्यहरुको भागवण्डामा सहमति जुट्न नसकेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो । यसअघि जसपाले २ वडा १० र १९ दुई वटा वडाअध्यक्ष भाग पाउने सहमति भएको थियो । तर, सदस्यहरुको भागवण्डामा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताए ।

बिहीबार चार दलीय गठबन्धनको पत्रकार सम्मेलनमा कांग्रेसको विभिन्न वडाका नेता, कार्यकर्ताहरुले भागवण्डमा असन्तुष्टी जनाउँदै विरोध जनाएको घटनाले गठबन्धनभित्र असन्तुष्टी शुरु भएको थियो ।जसपा बाहिरिएपछि गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मात्र कायम रहनेछन् । यसअघि जसपाले पाएको वडा १० र १९ को अध्यक्ष नेपाली कांग्रेसले नै पाउने भएको छ ।
जसपा गठबन्धनबाट बाहिरिए पछि बाँकी ३ दलले वडा सदस्यसम्मको सिट बाँडफाड गरेका छन् ।

गठबन्धन नेताहरुबाट प्राप्त विवरण अनुसार अब नेपाली कांग्रेसको भागमा मेयर र १५ वटा वडा परेको छ भने माओवादी केन्द्रको भागमा उपमेयर र ४ वटा वडा छ । एकीकृत समाजवादीले एउटा वडा पाएको छ ।

आइतबार, ११ बैशाख, २०७९, बिहानको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर