विराटनगर । पाँचदलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लाको भागबण्डा टुंग्याएको छ । जसमध्ये कतिपय पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र एमालेले जित्ने खालका ठाउँमा गठबन्धन गरिएको छ ।
आफूले जित्ने जस्ता २१ पालिकामा भने सहमति हुन नसकेको र स्वस्थ्य प्रतिस्पर्धा हुने भएको छ । माओवादी प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीका अनुसार सोलुखुम्बुमा ६ वटा पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र २ वटामध्ये १/१ वटा कांग्रेस र माओवादीले लिने भएको छ ।
यस्तै मोरङ, सुनसरी र उदयपुरमा मिलाउने अन्तिम प्रयास भइरहेको डाँगीले जानकारी दिए । ‘अहिलेसम्म ११ जिल्लामा भागबण्डा मिलाएका छौं,’ उनले भने, ‘मोरङ, सुनसरी र उदयपुरमा पनि मिलाउने प्रयास जारी छ, भोलिसम्ममा मिल्छ ।’
प्रदेश १ मा भएको सहमतिअनुसार हालसम्म काँग्रेस विराटनगर महानगरपालिकासहित ६१, माओवादी १६, नेकपा एस ३ र अन्य २१ पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने गठबन्धनबीच सहमति भएको बताइएको छ ।