विराटनगर । मोरङ कानेपोखरीका एमालेका १ नं. प्रदेश कमिटी सदस्य इन्द्रबहादुर सुब्बा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
कानेपोखरीको रमाइलोमा आज भएको राप्रपाको सभाबाट सुब्बाले एमाले परित्याग गरेका हुन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे । सुब्बा २०४९ मा तत्कालिन केरौन गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नो टिमबाट ६० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेको उनले बताए ।
सुब्बाको टिम बाहेक झण्डै ७ सय जनालाई पार्टी प्रवेश गराएको राप्रपा अध्यक्ष लिङ्देनले बताए । कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, राप्रपाका महामन्त्री प्रल्हाद साह, सहमहामन्त्री दिनेशप्रसाद साह, प्रवक्ता भक्तिप्रसाद सिटौला, पुष्प खतिवडा, महिला नेतृ जीता बराल, राप्रपा कानेपोखरीका अध्यक्ष मोहन गौतमलगायतको सहभागीता थियो ।