विराटनगरको उपमेयरमा जसपाबाट उपेन्द्रको छोरा सहित आठ जनाको नाम सिफारिस

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार विराटनगरमा जसपाले विराटननगरको उपमेयर पाएको थियो ।

गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाएको छ । जसपाले सिफारीस गरेको पत्रमा भने मेयर वा उपमेयर भनेर उल्लेख गरिएको छ ।

जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा गत चुनावमा मेयरका उमेदवार उमेश यादवको नाम सिफारीस गरीएका छ ।

यस्तै भुराज राई, डा।रामविलास यादव, मो।नसरूल, विमला अर्याल, सदिना खातुन र कुन्ता राईको नाम उपमेयरमा सिफारिस गरिएको हो ।

शुक्रबार, ०९ बैशाख, २०७९, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर