विराटगनर । प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा मंगलबार करिव २४ सय जनालाई पक्राउ गरेको छ । काठमाण्डौको विभिन्न भागबाट प्रहरीले लकडाउन अवज्ञा गर्दै हिडिरहेका मानिसहरुलाई पक्राउ गर्ने क्रमलाई तिब्रता दिएको थियो ।
‘बिहानदेखि २४ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेका छौं,ु’ महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले भन्नुभयो ।
प्रहरीले काठमाण्डौबाट १८ सय ४७ जना र बाँकी ललितपुर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।
लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडिरहेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई कोरोना भाइरस र त्यसबाट हुनसक्ने जोखिमको बारेमा सचेतना शिक्षा दिएर पठाइरहेको छ ।