काठमाडौं । वैशाख ३० गतेको चुनाव सार्न नेकपाले गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
चुनावको लागि तयारी धेरै अगाडि बढिसकेको भन्दै देउवाले चुनाव सार्न नसकिने बताएका हुन् ।
चुनावमा सहभागी हुने वातावरण बनाइदिन भन्दै प्रधानमन्त्री निवास बालुवाटार गएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बुधवार देउवाले चुनाव सार्न नसकिने धारणा ब्याप्त गरेका हुन ।
देउवाले स्वतन्त्र ढंगले चुनावमा सहभागी हुन समेत नेकपालाई सुझाव दिएको स्रोतले जानकारी दिएको छ ।
विप्लवलाई देखाएर गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।
बुधबार एमाले अध्यक्ष केपी ओलीले विराटनगरमा समेत विप्लवलाई देखाएर वैशाखको चुनाव सार्ने षड्यन्त्र भए मान्य नहुने बताएका थिए ।