स्रोत नखुलेको भारतीय नोटसहित विराटनगरबाट चार जना पक्राउ

विराटनगर । स्रोत नखुलेको भारतीय नोटसहित प्रहरीले विराटनगरबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका चार जनालाई नगदसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३ लाख ८ हजार ५०० भारतीय नोटसहित भारत सहरसाका ३७ वर्षे अभिषेक मुखियाा, २९ वर्षका विष्णुदेव मुखिया, सुनसरी बर्जुका सुरज ऋषिदेव र बर्जु गाउँपालिकाकै शिवकुमारी ऋषिदेवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

चैत्र ३०, २०७८, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर