ओखलढुंगामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

विराटनगर । ओलखढुंगाको हर्कपुरमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । हतियार मर्मत गर्न विराटनगर आउँदै गरेको बोलेरो दुर्घटना भएको र दुई जना प्रहरी कर्मचारीको मृत्यु भएको ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए ।

मृत्यु हुनेमा प्रहरी जवान मनिक राजवंशी र भूपेन्द्र कार्की छन् । बा.१७ च १०९४ नम्बरको बोलेरोमा ८ जना प्रहरी चढेका थिए भने एक जना सर्वसाधारण पनि गाडीमा थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर अस्पताल पठाउने तयारी भइरहेको डिएसपी खनालले बताए ।

चैत्र ३०, २०७८, दिउँसोको १२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर