काठमाडौं । राप्रपाकि केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । उनि राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी हुन ।
गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् ।
राप्रपा महाधिशेनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए ।