इलाम । नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्याेदय सडक महोत्सव’ हुने भएको छ ।
सूर्याेदय होटल व्यवसायी संघको आयोजना र आयाम युनाइटेड क्लब फिक्कलको आयोजनामा नयाँ वर्षका अवसरमा सडक महोत्सवको आयोजना गरिएको हो ।
सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । सूर्याेदय नगपालिका प्रदेश नं. १ सरकारले पर्यटकीय नगरीका रुपमा घोषणा गरेको छ ।
सडक महोत्सवमा स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक सूर्याेदय होटल व्यवसायी संघका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ ।
एक लाख ५० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव सञ्चालन गर्न ३७ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय कोसेलीसहितका स्टल रहनेछन् ।