महानगर र उपमहानगरको तालमेल केन्द्रबाटै हुन्छः खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिको चुनाबी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलहरुबीच भएको बताएका छन् ।

नेपाली काँग्रेसले एकल ढंगले उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनाबी तालमेलको निर्णय केन्द्रबाटै लगाउने जानकारी दिएका हुन् ।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले गठबन्धनमा रहेका दलहरुको शीर्ष बैठकले महानगर र उपमहानगरको तालमेलबारे निर्णय गर्ने सहमति गठबन्धनमा भइसकेको जानकारी दिए । एक महानगर र एक उपमहानगरमा आफ्नो पार्टीको दावी रहेको बताउँदै उनले त्यसमा सहमति हुने विश्वास व्यक्त गरे ।

महानगर र उपमहानगरको चुनाबी तालमेल भने तल्लो तहकै सहमतिका आधारमा हुने जानकारी दिँदै खनालले तालमेलको मोडालिटी भने केन्द्रले तय गर्ने बताए । केन्द्रले तालमेल कसरी गर्ने भन्नेबारेमा टुंगो लगाएपछि त्यसै अनुसार गठबन्धनको प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्रले निर्णय गर्ने उनको भनाइ छ ।
तोकिएकै समयमा निर्वाचन हुने बताउँदै खनालले मुलुक चुनाबमा होमिएकोले अहिले आशंका गर्नुपर्ने अवस्था नरहेको बताए ।

चैत्र २९, २०७८, दिउँसोको ०१:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर