सरकारलाई असहयोग गरेपछि गर्भनरको निलम्बनः प्रधानमन्त्री

काठमाडौैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई असहयोग गरेका कारण गभर्नरलाई निलम्बन गर्नुपरेको प्रष्ट पारेका छन् ।

गभर्नर निलम्बनको निर्णयपछि पहिलो पटक सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर निलम्बन गर्नु सरकारको बाध्यता भएको बताए ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । लगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका छन् ।

सोमबारको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरमाथिको कारवाहीबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने गभर्नर अधिकारीले सरकारलाई असहयोग गरेको कारण कारबाही थालिएको बताए । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङका अनुसार सरकारले उनलाई निलम्बन गरेर उपयुक्त काम गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

गभर्नर अधिकारीले सरकारले चाहेजसरी काम गर्न नदिएको र असहयोग गरेको देउवाको भनाइ थियो । गभर्नरले सरकारलाई सहयोग गर्नुपर्नेमा असहयोग गरेपछि उनलाई कार्वाही थालिएको उनले प्रष्ट पारेका थिए ।

चैत्र २८, २०७८, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर