बिर्तामोड । झापाको बिर्तामोडको रामचौकमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६४५६ नं. को ट्रकले विपरित दिशाको तिर गइरहेको बा १५ प ८२०२ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बिर्तामोड २ बेलडाँगी निवासी ३२ वर्षिय संयम बजगाई घाइते भएका थिए ।
घाइतेको बजगाईको बिएण्डसी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको थियो ।
ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
चाररपाने बिर्तामोड सडक खण्डमा राती ८ बजेतिर ट्रकले मोटरसाइकल ठक्कर दिएको थियो ।