विराटनगर ।नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपाल केराबारीले प्रथम गाउँपालिका अधिवेशनमा नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
करिब ५०० जना युवाहरूको र्यलीपछि भएको अधिवेशनमा विप्लब नेतृत्वको नेकपाका पूर्व जिल्ला सेक्रेटरी गोपाल बस्नेत, अखिल नेपाल शिक्षक संगठनका पूर्वअध्यक्ष गोकुल दाहाल, अखिल क्रान्तिकारीका मोरङ अध्यक्ष सिमान्त लुईटेल र जिल्ला सदस्य सुनिलकुमार रोक्का माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङको उपस्थितमा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेको केराबारी गाउँकमिटिका अध्यक्ष तिलक थापामगरले बताए । विप्लब नेतृत्वको नेकपा बिचलन र अकर्मण्यतामा फस्दै गएकोले पुरानै घरमा फर्किएको उनीहरुले बताएका थिए ।
अधिवेशनबाट खगेन्द्र लिम्बूको अध्यक्षतामा ७१ सदस्यीय वाईसीएल नेपाल केराबारी गाउँकमिटी र दिपेश परियारको अध्यक्षतामा ३७ सदस्यीय अखिल क्रान्तिकारी केराबारी गाउँ कमिटि गठन भएको छ ।
फोटो