महन्थ ठाकुरका विश्वासपात्र कृष्णा सिंह कांग्रेस प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

महोत्तरीबाट प्रतिनिधित्व गर्ने सिंह लोसपाका केन्द्रीय सदस्य हुन ।

महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक समेत रहेका उनी तराई मधेश युवा फ्रन्टका अध्यक्षसमेत भइसकेका थिए । साथै उनले पार्टीको सहप्रवक्ताको भूमिका निर्वाह पनि गरेका थिए । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका समेत उनी प्रवक्ता भएका थिए ।

चैत्र २७, २०७८, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर