झापा । झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मन माया थापा रहेकी छन् ।
घर नजिकै काम गरिरहेको अवस्थामा आइतबार दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।