प्रदेश १ मा चुनाबी गठबन्धनको रस्साकस्सी: कांग्रेसले इच्छा नदेखाएको माओवादी निश्कर्ष

विराटनगर  । आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई प्रदेशमा कार्यान्वयन गर्न आनाकानी गरेको रिपोर्ट नेकपा माओवादी केन्द्र प्रदेश कमिटिले केन्द्रमा पठाएको छ ।

माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतीका अनुसार गठबन्धन गर्नेबारे छलफल तथा बैठकमा कांग्रेस उदासिन भएजस्तो देखिएको सुझाब केन्द्रलाई पठाइएको हो ।

पार्टीले स्थानीय तहको अवस्था तथा गठबन्धनको अवस्थाबारेमा ठोस सुझाव पेश गर्न आग्रह गरेअनुसार सुझाव पेश गरिएको उप्रेतीले जानकारी दिए । ‘प्रदेशस्तरीय गठबन्धन बैठकले निर्देश गरेबमोजिम नेपाली कांग्रेसबाट कुनै पनि जिल्लामा सकारात्मक पहदकदमी महसुस भएको छैन,’ सुझावमा उल्लेख छ, ‘अधिकांश पालिकाहरुमा कांग्रेसको नेतृत्व गठबन्धन गर्न उदासिन देखिएको छ र कांग्रेस बाहेक अन्य दलहरुसँग गठबन्धन गर्नुपर्ने पालिकाहरुको सुझाव रहेको छ ।’

अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाइएको पत्रमा केन्द्रको सर्कुलर अनुसार ५ वटा कमाण्ड बनाएर चुनाव परिचालन अभियान प्रदेशभरी संचालन गरिएको पनि उल्लेख छ ।

चैत्र २७, २०७८, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर