व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।

जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास हुने सभामुख सापकोटाको भनाइ थियो ।

सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

चैत्र २७, २०७८, दिउँसोको ०४:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर