विराटनगर । विराटनगरमा प्रर्दशनी स्थल बनाउन उद्योगी व्यवसायीहरूले राज्यसँग माग राखेका छन् । विराट टे«ड एक्स्पोको समापन कार्यक्रममा आइतबार बोल्दै उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग परिसर संघ प्रदेश १ का अध्यक्ष भिम घिमिरले विराटनगरमा प्रदर्शनी स्थल नहुदा समस्या भएको बताए । ‘निजी क्षेत्रबाट प्रदर्शनी स्थलको लागि २ बिघा जमिन ९९ वर्षको लागि लिजमा लिएर काम गर्ने भनियो । त्यो पुरा हुन नसकेको छैन । राजनैतिक स्वार्थले हामीलाई घरेको छ,’ उनले भने । प्रदेश १ का मुख्यमन्त्रीले नेतृत्व लिएर अब प्रर्दशनी स्थल बनाउन ढिलो गर्नन हुने उनले बताए । यसमा तीन तहको सरकारले भुमिकामा खेलिदिनुपर्ने उनले बताए । सरकारले सुशासन कायम गरेर अगाडी बढनुपर्ने घिमिरेले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुवेस प्याकुरेलले आर्थिक संकट हुन नदिन निजी क्षेत्रले सरकारलाई सहयोग गरिनुपर्ने बताए । ‘जग्गा लिजमा लिएर अगाडी बढयो । तर, राज्यले चासो नदिदा प्रक्रिया अगाडी बढने,’ उनले भने, ‘सरकारले बोल्ने तर, काम अर्को हुने गरकेो छ ।’ तीन तहको सरकारले समन्वय गरि प्रर्दशन स्थल बनाउनुपर्ने उनले बताए ।