काठमाडौं । नेपाल सरकारले रामनवमीको अवसरमा आज (आइतवार) देशभर सार्वजनिक बिदा दिएको छ ।
गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय र निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले विज्ञप्ति प्रकाशन गरेर आइतवार बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।