पाकिस्तानका प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पास,प्रधानमन्त्री पद गुम्यो

काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् ।

गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा बहुमत सांसदले मतदान गरेका थिए।

यो सँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्ने भएकोछ।

अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएलएन का अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तानमा संविधान र कानूनको पुनः स्थापित भएको दाबी गरे।

अध्यक्ष शाहबाज शरीफले आफूहरूले कसैसँग बदला नलिएको भएर कानुनले आफ्नो काम गरेको स्पष्ट पारे।

यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै मतदानकै दिन खारेज गरिदिएका थिए।

चैत्र २७, २०७८, बिहानको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर