विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रमुखमा पाँच जनाको नाम सिफारिस गरेको छ ।
विराटनगरस्थित पानचाली पार्टी कार्यालयमा शनिबार बसेको एमाले विराटनगर महानगर कमिटिको बैठकले प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो ।
विराटनगर महानगरपालिकाको प्रमुखमा एमालले रामलाल साह, बावुराम कार्की, सागर थापा, पशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको थापा एमाले विराटनगरको अध्यक्ष हुन् । साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुन् ।
यस्तै उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानगरपालिको अध्यक्ष सागर थापाले जानकारी दिए । कार्की महानगरपालिकाकी उपाध्यक्ष, दाहाल प्रदेश सदस्य र उपाध्यय जिल्ला सदस्य रहेकी छिन् ।
एक जनामात्र उम्मेदवार सिफारिस गर्ने योजना अनुसार महानगर कमिटीमा लामो समय छलफल गरि प्रत्यासी उम्मेदवारहरूबीच सहमती जुट्न नसकेपछि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम नै जिल्ला कमिटीमा पठाइएको थियो । महानगरको उम्मेदवारीको विषयमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउने छ ।
विराटनगर महानगरपालिको प्रमुखममा उम्मेदवारी दिने चलाएको एमाले नेता लालबावु पण्डित र जिवन घिमिरेले सिफारिस नर्गुन भनेपछि सिफारिस नगरिएको बैठकमा सहभाग एक जनाले बताए । महानगरपालिकाले तीन वटा वडाको वडाअध्यक्षसमित सदस्यहरूको नाम टुंगो लगाएको छ । विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतले टुग्याएको अध्यक्ष थापाले जानकारी दिए । विराटनगर १० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई पार्टीले वडाअध्यक्षको उम्मेदवारी बनाउने सर्वसम्मतले टुंगो लगाएको उनले बताए । न्यौपाने विराटनर ११ वडाअध्यक्ष हुन् । अन्य वडामा केही दिनभित्रमा सर्वसम्मतले उम्मेदवारी टुंग्गो लाग्ने एमालेले जनाएको छ ।