निर्वाचनमा माओवादीसँग तालमेल हुन सक्छः एमाले सचिव महासेठ

काठमाडौं । एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताएका छन ।

उनले नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुन सक्ने बताएका छन् ।

तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ ।

एमालेको मधेस इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गरे । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गरे ।

चैत्र २६, २०७८, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर