काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका छन ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् ।
एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएको बताएका छन ।