काठमाडौ । नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना सकिएको छ ।
बार एशोसिएसनको अध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले २ हजार भन्दा बढी मतान्तरले प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई पराजीत गरेका छन ।
घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् भने अधिकारीले २ हजार ४ सय २२ मत मात्रै प्राप्त गरेका छन् । २ हजार ५२ मतान्तरले घिमिरेले अधिकारीलाई पराजीत गरेका छन् ।
बार एशोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका सबै उम्मेदवारले फराकिलो मतान्तरमा एमाले निकट प्रगतिशील समूहलाई पराजीत गरेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उठाएका स्वतन्त्र समूहका पृथ्वीनाथ राईले १ सय ४२ मत मात्रै प्राप्त गरेका छन् ।
महासचिवका उम्मेदवार अन्जिता खनाालले ३ हजार ६ सय ८२ मत प्राप्त गरी बिजयी भएकी छन् । उनी बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहकी हुन् । महासचिवमा पराजीत भएका प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत पाएका छन् ।