बिकेभिएमको स्कूल बससहित १९ कारवाहीमा, क्षमताभन्दा बढी विद्यार्थी

क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी कुदाउँदा दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । ३९ जना क्षमताको स्कूल बसमा ७० देखि ८० जनासम्म विद्यार्थी कोचेर बिकेभिएमको स्कूल बस दौडिने गरेको पाइएको हो ।

विराटनगर । आफुलाई ‘ए’ ग्रेडको स्कूलको रूपमा दाबी गर्दै आएको विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कूलले क्षमताभन्दा बढी विद्यार्थी बसमा कोचेर राख्ने गरेको पाइएको छ । ३९ जना विद्यार्थी क्षमताको स्कूल बसमा ७० देखि ८० जनासम्म विद्यार्थी कोचेर हिड्ने गरेको पाइएको हो ।

क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी कुदाउँदा दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । तर, बिकेभिएम स्कूलले दुर्घटनाको कुनै प्रभाव नगरि कमाउ धन्दामा लागेको कारणले क्षमताभन्दा बढी विद्यार्थी बोकेर बसमा हिडाउने गरेको पाइएको हो । यसरी क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी साधन कुदाउँदा बिकेभिएमको स्कूल बस ट्राफिक प्रहरीको कारवाहीमा परेको छ ।

विराटनगरस्थित घाँसचौकमा मंगलबार क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी कुदाँउदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिकेभिएको स्कूल बसलाई कारवाही गरेको हो । कारवाही गरेपछि ट्राफिक प्रहरीले सवारी भित्र रहेका चालक, सह–चालक र शिक्षकहरूलाई पनि सचेत गराएको थियो ।

यसरी क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी कुदाउँदा दुर्घटनको जोखिम उच्च रहने र विद्यार्थीलाई कष्ट हुने भएकोले आउँदा दिनमा यस्तो नर्गन ट्राफिक प्रहरीले सचेत गराएको थियो । अभिभावकले स्कूल बसको शुल्क मासिक २ हजार रुपैयाँ बुझाउने गरेका छन् । ‘हामीले सिटमा रहने गरि क्षमताअनुसार मात्र हाल्नु न सर भनेर भन्छौं । तर, हाम्रो कुरा सुनवाइनै हुदैन । कोचाकोच विद्यार्थी हालेर सवारी दौडाउँछन् । धेरै विद्यार्थी उभिएर घरसम्म पुग्ने गरेका छौं,’ एक विद्यार्थीले भने ।

यसरी कलेज बसहरूले क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी साधन कुदाउने गरेको जनगुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान बुधबारदेखि सुरू गरेको छ । ट्राफिक प्रहरीको अभियान अन्तर्गत क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी कुदाउने १९ वटा कलेज बस कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । एउटै कलेजको तीन वटासम्म बस कारवाहीमा परेको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ ।

ट्राफिकले बुधबारदेखि विराटनगरको कलेज बसहरूको चेकजाँचमा कडाइ गरेको छ । चेकजाँचको क्रममा ट्राफिक नियमको उल्लघन गरि कलेज बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर विद्यार्थी ल्याउने गरेको पाइएपछि दुई दिनमा १९ वटा कलेज बसलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । ‘कलेज बसको क्षमता ३९ रहेको हुन्छ । तर, विद्यार्थीहरू क्षमताभन्दा बढी राखेर ल्याउने गरेको हुन्छ । क्षमताभन्दा बढी विद्यार्थी ल्याउँदा जोखिम हुने गर्दछ,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘यसरी क्षमताभन्दा बढी विद्यार्थी बोक्ने कलेजका प्रमुखहरू र विद्यार्थीहरूलाई पनि सचेत पनि गराउने गरोका छौं ।’ क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बुधबार ८ र बिहीबार ११ वटा कलेजका बसहरू कारवाही गरिएको उनले बताए । ‘क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी चलाउने कलेज बसको चेकजाँच गर्ने तीन दिन अभियाननै सुरू गरिएका छौं,’ उनले भने, ‘कलेज बसपछि अब स्कूल बसहरूमा पनि यसरी चेकजाँच गर्नेछौं । क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिए कारवाहीको दायारमा ल्याउनेछौं ।’

मोटसाइकलमा कलेज आउने विद्यार्थीहरूले पनि ट्राफिक नियम उल्लघन गरेको भेटिएपछि दुई दिनमा ५० वटा मोटसाइकल कारवहीमा परेका छन् । कलेजका विद्यार्थीहरूले सवारी चालक अनुमति पत्र बेगार सवारी कुदाएको भेटिएपछि बुधबार र बिहीबारमा ५० वटा मोटसाइकल कारवाही गरिएको छ ।

बिहिबार, २४ चैत, २०७८, साँझको ०६:२३ बजे

प्रतिक्रिया

  1. Due to some factors the students are unable to catch their bus at the time of leave . the bus is being forced to carry much student at a time . Here the bus driver are very confidence in their driving .so there is no any risk for the students.

प्रतिक्रिया:

सम्बन्धित खवर