सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–६ मधेशा स्थित नहरको पानीमा डुबेर १ जना बृद्धको मृत्यु भएको छ ।
आज दिउँसो पौने १२ बजे ६० वर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकीले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगेकोका थिए । उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।