काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह आज देखि सञ्चालनमा आएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्जबाट डिजिटल लकसहित आएको ३ वटा कन्टेनर बन्दरगाहमा प्रवेश गराएर औपचारिक उद्घाटन गरेका हुन् ।
आयातित वस्तुको करीब ७० प्रतिशत उपत्यकामै खपत हुने भएकाले पनि बन्दरगाह महत्त्वपूर्ण मानिएको छ ।
चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै भन्सारमा हुने चाप पनि कम हुने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहायतामा बन्दरगाह निर्माण गरिएको छ । समितिका अनुसार १ अर्ब ५४ करोड लागतमा बन्दरगाह निर्माण भएको हो ।