ग्यास विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतलेबताए ।

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङरहेका छन ।

किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु भएका बालबालिका १० , ६ र साढे २ बर्षका छन् ।

चैत्र २१, २०७८, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर