तेली साह समाजलाई जग्गादान

विराटनगर । तेली साह समाजको भवन निर्माणका लागि मोरङ जहदाका लाखपति साहले १० लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन् । जहदा २ का साहले समाजको भवन निर्माण गर्न २ कठ्ठा १ धुर जग्गा दान गरेका हुन् ।

शनिबार आयोजित तेली साह समाजको जहदा पालिकाको भेलामा जग्गादाता लाखपति साहलले जग्गा दान गर्ने घोषणा गरेका हुन् । जिल्ला तेली साह कल्याण समितिका अध्यक्ष नरेन्द्रप्रसाद साहको प्रमुख आतिथ्यतामा भएको भेलामा समाजमा योगदान गर्ने विशिष्ठ व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

भेलाबाट सोहितकुमार साहको अध्यक्षतामा १५ सदस्यीय तेली साह समाज जहदाको कार्यसमिति निर्वाचित भएको छ । भेलाले रामदेव साह र श्रवण साहलाई उपाध्यक्ष, राजकुमार साहलाई सचिव, दिलिप साह र मनतोषकुमार साहलाई सहसचिव तथा सवितादेवी साहलाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो । समाजले तेली साह जातीको सांस्कृतिक पहिचान, सामाजिक विकास आदि क्षेत्रमा काम गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।

चैत्र २०, २०७८, रातीको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर