विराटनगर । प्रदेश १ सरकारमा सहभागी संसदीय दलका नेताहरूले वडा तहसम्म नै चुनावी तालमेल गर्न गठबन्धनका नेताहरूलाई सुझाव दिएका छन् ।
विराटनगरमा आइतवार बैठक बसेर उनिहरुले वडा तहसम्म नै चुनावी तालमेल गर्ने वातावरण सिर्जना गर्न दलका नेताहरूलाई सुझाव दिएका हुन ।
प्रदेश सरकारमा रहे पनि केन्द्रीय गठबन्धनमा नरहेको संघीय लोकतान्त्रिक मञ्चलाई समेत चुनावी तालमेलमा सहभागी गराउन सुझाव दिएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
बैठकमा कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, उपनेता हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राई, यातायात ब्यबस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए ।