हरियो मतपत्रसँग नआतिन ओलीलाई कांग्रेस महामन्त्री शर्माको आग्रह

बेलबारी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो मतपत्रसँग नआतिन एमाले अध्यक्ष केपी शर्माओलीलाई आग्रह गरेका छन ।

आईतबार नेपाली कांग्रेस बेलबारी नगरसमितिले आयोजना गरेको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसको भुमिका बिषयक बृहत खुल्ला सभा कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमाले अध्यक्ष ओली हरियो मतपत्र सँग आत्तिएकोे समेत आरोप लगाएका छन ।

ओलीको उखान–टुक्का सुनेर एमाले खुबै बलियो छ कि भन्ने भ्रममा नपर्न समेत उनले आग्रह गरे ।तथ्यहिन कुरामा आत्तिनुपर्ने अबस्था नभएको उनको भनाइ रहेको छ । अघिल्लो निर्बाचनमा जाँदा ५० बर्ष शासन गछौँ भन्दै ध्वाँस दिएर ओलीले ५ बर्ष सत्ता टिकाउन नसकेको महामन्त्री शर्माले बताए ।

एमाले र माओबादी मिलेर निर्बाचन लडदा बहुमत प्राप्त गर्दा पनि ५ बर्ष शासन गर्न नसक्नु लज्जास्पद रहेको उनले बताए ।

काँग्रेसमा शेरबहादुर देउवाजस्ता पाका र परिपक्क नेता,गगन थापा र बिश्वप्रकाश शर्माजस्ता युवा नेतृत्वको संयोजन भएकोले यो पार्टी सबैको आर्कषण रहेको र सबै पक्षको मुद्धा समेटन सक्ने पार्टी भएको समेत उनले बताए ।

चैत्र २०, २०७८, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर