विराटनगर । मारवााडी समुदायले सांस्कृतिक पर्वको रुपमा महत्वका साथ मनाउने गणगौर महोत्सव आारम्भ भएको छ । विराटनगरमा शुक्रबार भव्य समारोह आयोजना गरी गणगौर महोत्सवको शुभारम्भ गरिएको छ । प्रदेश नं १ का भूमिव्यवस्था तथा सहकारी मन्त्री ओम प्रकाश सरावगीले इशर तथा गौरा मातालाई टीका अर्पण गरी महोत्सवको उद्घाटन गर्नुभयो । नेपाल मारवाडी गणगौर पूजा समितिले शुक्रबारबाट चार दिने ३५ औं गणगौर पूजा महोत्सव आरम्भ गरेको हो ।
भगवान ईशर तथा गौरा माताको पूजा गरिने सांस्कृतिक पर्वमा गीत तथा संगीतको प्रचुरता रहने गरेको छ । माडवारी समुदायको भेषभुषा, गीत तथा परम्परागत नृत्य, भजन आदिबाट गौरा मातालाई खुसी तुल्याउने प्रयास गरिन्छ । पश्चिम नेपालमा मनाइने गौरा पर्वकै शैलीमा मारवाडी समुदायले पनि सांस्कृतिक उत्सवको रुपमा गौरा माताको पूजा अर्चना गर्ने गर्दछन् ।
महोत्सव शुभारम्भका क्रममा मारवाडी समुदायका विशिष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई आकर्षक बनाउन फेन्सी प्रतियोगिता, मारवाडी नृत्य प्रतियोगितासमेत गरिएको थियो । प्रतियोगितामा सहभागीहरुलाई पूजा समितिले आकर्षक उपहारसमेत प्रदान गरेको थियो ।
पूजा समितिले चिकित्सा क्षेत्रमा रहेर समाजलार्य विशिष्ठ योगदान गर्ने स्वेता सोमानी र शिवानी अग्रवाल, योग प्रशीक्षणको माध्यमबाट समाजलाई निरोगिताको शिक्षा दिएर योगदान गर्ने कुमारी तमांग, समाजसेवी जयश्री जाजू, शिक्षा क्षेत्रमा योगदान गर्ने सिमरन अग्रवाल, बृन्दा रााठी, भाग्यश्री लोहियालाई सम्मान गरिएको थियो । यसैगरी स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै नीतिका सन्थालिया र साहित्य क्षेत्रमा योगदान गर्ने लक्ष्मी चौधरी लगाायतलाई सम्मान गरिएको थियो ।
नेपाल मारवााडी गणागौर पूजा समितिका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री सरावगीले मारवाडी समुदायको संस्कृतिको रक्षा र प्रवद्र्धनका लागि गणगौर पूजा समितिले गरेको योगदानको प्रसंशा गरे । सरकारले सबै धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सहयोग गर्ने भन्दै आफ्नो परम्परागत संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने उनले बताए ।
मारवाडी अगुवा महिला निधि राठीको संयोजकत्वमा भएको कार्यक्रममा सहसंयोजक रेणु तोदी, श्वेता शर्मा, उमा चौधरी लगात समाजका विशिष्ठ व्यक्तित्वहरु, मुलचन्द तापडिया, लक्ष्मण नेवोटिया, रचना राठी, अनिता अटल, अनिता मिश्रा लगायतको उपस्थिति थियो । कार्यक्रमकै सन्दर्भमा आयोजना गरिएको विभिन्न प्रतियोगिताको निर्णायकको रुपमा दिपिका बोथरा, सतोंष लखोटिया र ज्योती कोठारीले भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा पार्वती शर्मा, शितल बाहेती, प्रेम दुगड, ललिता जाजु, अमिता पेडाोवाल, पुष्पा लोढा, दिप्ती राठोर, मिलन नौलखा लगायत ६ सय बढी महिलाहरु सहभागी थिए ।