ममता मृदुल
स्याङजा सिमल भञ्ज्याङमा पिता खेमलाल रेग्मी माता यमकुमारी रेग्मीको सुपुत्रको रूपमा टीकाराम रेग्मीको जन्म भएको हो । हाल भरतपुर -७ चितवनमा बसेर साहित्य सिर्जनामा लाग्नु भएको टीकाराम रेग्मीले दुईवटा लघुकथा सङ्ग्रह प्रकाशित गरेर स्थापित लघुकथाकारको रूपमा आफ्नो परिचय दिइसक्नु भएको छ । यो खुसीको कुरा हो । टीकाराम रेग्मीले लेखेको कृति विपर्यास लघुकथा सङ्ग्रहको स्वरूप सुन्दर रहेको छ । मैले यो पुस्तकको लघुकथा पढेर नेपाली समाजलाई नजिकबाट पढेको अनुभूति गरेकी छु ।
प्रकाशक: अक्षर समुह चितवन रहेको छ ।
आवरण: प्रकाश थापाको रहेको छ ।
मुल्यः एक सय पचास रहेको छ ।
समर्पण आख्यानकार रमेश विकललाई गरिएको छ । प्रकाशकीय मा अक्षर सम”हका अध्यक्ष भुपिन लेख्नु हुन्छ । जीवन उर्जा स्थानान्तरणको यात्रा पनि हो ।
भूमिका
सङ्गतिहीनताप्रतिको विमतिका लघुकथा शीर्षकमा डा. लक्ष्मणप्रसाद गौतम लेख्नु हुन्छ । साहित्यका विभिन्न विधा उपविधाहरूको सृजना सन्दर्भलाई हेर्ने हो भने मुक्तक र लघुकथा सिर्जना गर्नु सबैभन्दा कठिन काम हो ।
शुभकामना शीर्षकमा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लेख्नु हुन्छ लघुकथा छोटो छरितो, सुत्रात्मक, विम्बात्मक, व्यंग्यात्मक, भएर पनि आफैमा पूर्ण हुने गर्दछ । यात्रारम्भ शीर्षकमा लेखक टीकाराम रेग्मी लेख्नु हुन्छ । आमाको टोप्रेको धोती समातेर पधेरा जादा होस वा एक हातमा बुबाको कछाडको फेर अर्कोमा खरी र पाटी च्यापेर गोठालो जादा होस् संसार भनेको उही परिवार,घर वस्ती , वन पाखा, खोला नाला, उकाली ओराली, तिनै हाम्रा साथी गाई गोरु र यही यात्राको निर्धारक गोरेटो मात्रै हुन जस्तो लाग्थ्यो । आभार शीर्षकमा लेखक फेरि सहयोगीहरूलाई आभार व्यक्त गर्नु हुन्छ । सबै प्रति आभारी छु । विषयसूची शीर्षकमा ६६वटा लघुकथा एकसय बाह्र पेजमा रहेको छ । पहिलो लघुकथा तातो जिउ रहेको छ भने अन्तिम लघुकथा जीवन रहेको छ ।
टीकाराम रेग्मीका यस लघुकथा सङ्ग्रहमा भएका छैसठ्ठी वटा लघुकथामा समाजका विभिन्न चित्रण चरित्रहरूको प्रवृत्ति मानवीय सचेतनामा आएको परिवर्तन ,बैदेशिक रोजगारी प्रतिको मोह पुरुष मानसिकता ,महिला प्रति विभेद हिंसा ,राजनीतिक विसंगति ,सामाजिक आडम्बरको लहरबाट सृजित अवस्था जस्ता विषय र सन्दर्भलाई केलाइएका छन् ।
तातो जिउ लघुकथामा नारीले पीडा सहन्छिन भन्ने भाव रहेको छ । कमरेड लघुकथामा समानता कुरामा मात्र सिमित हुन्छ । मालिक र मजदूरबीच समानता खोजिएको लघुकथा रहेको छ । स्वर्ग जाने पुल लघुकथामा बुढाबुढीलाई लानन पालन गर्नेहरूको त मरेपछि पनि स्वर्गवास हुन्छ भन्ने कुरामा लेखिएको छ । तपाईलाई मैले मात्र पालेर म मात्र स्वर्ग गएर भयो त < दाइको लागि पनि हाल्नु परेन र स्वर्ग जाने पुल < सुन्दर शैलीमा समाज बोलेको छ । घर घरका कथा छन् ।
नेपाली भाषा साहित्यमा लघुकथा विधामा कलम चलाउने स्रष्टाको संख्यात्मक रूपमा वृद्धि हुनु खुसीको कुरा हो । लघुकथामा कथाकारको शिल्पशैलीको निक्कै महत्व हुन्छ । लघुकथा हाल सर्वाधिक रुचाइने विधा हो । सरल भाषाशैलीमा खुल्न सजिलो हुन्छ । भावलाई खुलेर व्यक्त गर्न सकिन्छ । समाज वरिपरिका घटनालाई आफ्नो विचार मिश्रण गरेर आकस्मिकता, शुक्ष्म दृष्टिकोण, कौतूहलतालगायतका सबै कुराको मिश्रणबाट लघुकथाहरू बनेका छन् ।
pहाँले आफ्नो वरिपरि छरिएर रहेका विषयलाई टपक्क टिप्नु भएको छ । सुन्दर भाव पोख्दै समाजको प्रतिनिधिको रूपमा उभिनु भएको छ । यो सङ्ग्रहमा भएको धेरै कथाले नारी पीडा सहन्छिन । सहनु उनको धर्म हो । भन्ने भाव जागृत गराउने भएपनि अब सहेर बस्नु हुन्न भन्ने भाव पनि छ । समाजका वास्तविक स्वरूप उजागर गरिएको छ । राजनीतिका कुरा छन् । सामाजिक विषयको मनोवैज्ञानिक विश्लेषण गरिएको छ । कुसंस्कारका कुरा छन् । जीवन भोगाइले सिकाएका सुन्दर अनुभूति छन् । आफ्नो आफ्नो जिम्मेवारी सबैले बराबर निभाएको हुन्छ । असमानता किन छ ? जस्ता धेरै कुरालाई मुल विषय बनाइएको छ । जीवन भोग्ने क्रममा आएका असजिलोलाई सजिलो कहाँ यसै बनाउन सकिन्छ भन्ने भाव छरपष्ट छन् । सङ्ग्रहमा सङ्ग्रहित लघुकथामा हामीले हाम्रो वरिपरि रहेका घटना देश प्रतिको प्रेममा डुबेर चिन्ता गरेको पाउँछौ । लघुकथाकार टीकाराम रेग्मीको निरंतर साहित्यिक यात्रा सफल रहोस भन्ने कामना गर्दै विदा चाहन्छु ।