लिटल कोशीका प्रतियोगीले प्रतिभा देखाए

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनलमा पुगेका ९० जना प्रतियोगिहरुले आफ्नो प्रतिभा देखाएका छन् ।

विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ जना बालक छनौट भएका छन् । उनीहरुले ‘ट्यालेन्ट राउण्ड’ मा आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।

फाइनलमा पुगेका प्रतियोगिहरुले गीत, नृत्य, चित्रकला, अभिनयलगायतका विभिन्न प्रतिभाहरु देखाए । प्रतियोगिहरुमध्ये उत्कृष्ट हुनेले फाइनलमा ट्यालेन्ड एवार्ड प्राप्त गर्दछन् ।

फाइनलमा विराटनगर, इटहरी, धरान, दमकलगायत प्रदेश १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगी छनौट भएको कार्यक्रम संयोजक आयुषा आचार्यले जानकारी दिइन् । फाइनलमा छनौट भएका प्रतियोगीहरुलाई बन्द प्रशिक्षण दिँदै आएको आयोजकले जनाएको छ ।

बन्द प्रशिक्षणमा मिस कोशीको बिजेता प्रशिका श्रेष्ठ, फस्ट रनरअप आयुषा आचार्य, मोडलहरु समीक्षा कार्की, प्रकृति फुयँल, सीमा सरदारलगायत अन्य विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिइरहेको छ । चैत ५ गते हुने फाइनलको विजेताले नगद ३० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने सिइओे नीशा खतिवडाले जानकारी दिइन् ।

बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले जय मिडिया मेनेजमेन्ट प्रालिले यो प्रतियोगिता आयोजना गरेको हो ।

शुक्रबार, २७ फागुन, २०७८, बिहानको ११:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर