काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधित गर्दै रुसका सबै उडानले अब अमेरिकी हवाई क्षेत्रको प्रयोग गर्न नसक्ने पुष्टि गरेका छन् ।
उनले आफ्नो भाषणका बेला यी रुसी उडानमा सबै प्रकारका व्यावसायिक र नीजि उडान समावेश भएको बताएका छन् ।यसै प्रकारको कदम युरोपेली राष्ट्र र क्यानडाले पहिले नै उठाइसकेका छन् ।
बाइडेनले यो प्रतिबन्धले रुसलाई थप एक्ल्याउने र उसको अर्थव्यवस्थामा भारी दबाब पर्ने बताएका छन् ।उनले रुसी मुद्रा रुबल र स्टक मार्केट पहिले नै आफ्नो भ्यालू ३० देखि ४० प्रतिशतसम्म गुमाइसकेको पनि बताए ।
राष्ट्रपति बाइडेनले अमेरिकीबाट युक्रेनी जनतालाई प्रेरणा लिन पनि भने ।उनले भने, ‘पुटिनले ट्याङ्कले किभलाई पक्कै पनि घेर्न सक्छन् तर उनीहरुले कहिल्यै पनि मानिसको मन भने जित्न सक्नेछैनन् ।’