इटहरीमा १५ करोड ४४ लाखमा छात्राबास बन्दै

इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्र्तगत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ ।

इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरे । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई वर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफ्नो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फड्को मारेको बताए । इटहरी उपमहानगपालिकाका वासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले समृद्धिको अगुवाई गरेको उनको भनाइ छ ।

उपप्रमुख लक्ष्मी गौतमले छात्रावाससहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दाबी गरिन् । उनले इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम रहेको बताइन् । शिक्षासेवी लेखनाथ घिमिरेले यति ठूलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार ब्यक्त गरे ।

इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारको विशेष अनुदान र उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरि भवन निर्माण हुने भएको हो ।

मङ्गलबार, १७ फागुन, २०७८, साँझको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर