छिमेकीले गरेको थिचोमिचो
सबै सबै थाहा पाएर पनि
बेखबर बनिदिन्छु
जनताले सोध्यो भने
खोज्यो भने
दुँनिया जगतलाई हँसाउने गरि
हाम्रो मुलुक सार्वभौम हो
दुँनियाको तागतले
चलाउन सक्दैन
गलाउन सक्दैन
नागरिकलाई भनिदिन्छु
तर
कुटनीतिक स्तरमा
चुँईक्क बोल्दिन
मलाई अन्याय भयो भनेर
कसैसँग खोल्दिन
त्यसैले त म
स्वाभिमानी नेता हुँ ।
देशको ढुकुटी
आफ्नो आसेपासेलाई
व्यक्तिगत खाँचो टार्नलाई
ईसारामा चल्ने व्यापारीलाई
आफ्नो नजिक पार्नलाई
अपारदर्शी तरिकाले
बिना रित दिएको छु
उसँग कमिसन लिएको छु
यसरी नै राष्ट्रको ढुकुटी सकिएको छ
लम्पसार पर्ने गरि
देशको अर्थतन्त्र सकिएको छ ।
यति भएपछि
फेरीपनि, लाचार भएर
देश विकास भएन भनेर
सहयोगको याचना गर्छु
तिम्रो सबै–सबै सर्तहरु
मन्जुर छ भनेर
उसको सामुनेमा बस्छु
थोरैपनि लाज नमानी
देशको अस्मिता बेच्न सक्छु
यस्तै–यस्तै मेरो हर्कतले
देशको शिर निहुरिएको छ
हामी र हाम्रो स्वाभिमान
विदेशीले लगौटी बनाएर
हाम्रो स्वाभिमान सिहुरिएको छ
त्यसैले त
म स्वाभीमानी नेता हुँ
मेरो उत्कृष्ट दृष्टिकोण छ
मागेर मुलुक बनाउने
देश र जनताको हित
भएपनि हुने नभएपनि हुने
तर
आफू र आफ्नो आसेपासेको हित
जसरी रंग्याउने
जहिल्यै सत्यलाई
आफ्नो अनुकुल बङ्ग्याउने
यस्तै–यस्तै संकल्प छ
विदेशीसँग सम्बन्ध जहिल्यै गाढा होस्
अनि त्यसैगरि अर्को चाह पनि छ
मतदाता कहिल्यै टाढा नहोस्
त्यसैले त
म स्वाभिमानी नेता हुँ ।
शिक्षा र स्वास्थ्यका माफियासँग कमिसन लिन्छु
मनपरि चलाउने अनुमति दिन्छु
अनि भनिदिन्छु, भाषणमा
आफैले चलाएको शासनमा
गुणस्तरीय शिक्षा र स्वास्थ्य भएन
मुलुकले उन्नतीको शिखर चुमेन
मैले भने जसरी देश घुमेन
यसरी सँधै–सँधैलाई
सबैको लागी भएको छु ठिक्क
मेरो क्रियाकलापले
जनता भएका छन् दिक्क
त्यसैले त
म स्वाभिमानी नेता हुँ ।
राजनीति र अपराधको लगन गाँठो
बाँधिदिएको छु
देश र जनताको लागि भनेर
सडक, सदन र सभा सम्मेलन सबैतिर
समृद्धिको गफ हानिदिएको छु
यति गरिसकेपछि
बोली सकेपछि
जनताले बुझ्नुपर्छ
मैले चुनावमा उठ्नुपर्छ
अनि जसरी जित्नुपर्छ
यसपछि
जनता विकासको आशमा
म हुन्छु
काला बजारीया र माफीयाको पासमा
त्यसैले त
म स्वाभिमानी नेता हुँ ।
सृजनात्मक व्यंग्य को उत्कृष्टता पाइयो यश कबिता मा…,,
शब्द चयन र नेपाल को समसामयिक घटना,नेता हरुको नैतिक चरित्र लाई मज्जाले व्यंग्यात्मक सैलिमा प्रस्तुत गरिए को पाइयो….समग्र मा उत्कृष्ट सृजना मैले ठानेको छु….लेखक बाट आउदो दिन हरुमा यस्तै शृजना हरुको अपेक्षा गर्क्दछु….!:::