अर्किडमा कविता प्रतियोगिता, वेदान्त भए प्रथम

विराटनगर । विराटनगर –१० स्थित अर्किड कलेजले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कलेज परिसरमा शनिबार कविता प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम कक्षा १२ का वेदान्त तिमिल्सिना, द्धितिय कक्षा १२ की अस्मिता चौधरी र तृतीय कक्षा १२ की ज्योतिका गौतम भइन् । प्रतियोगिताको निर्णायकहरुमा दिनेश ढकाल, कृष्ण तामाङ र सन्तोष अधिकारी थिए ।
सोहि अवसरमा कलेजमा लिएको आन्तरिक परीक्षामा कक्षा ११ र कक्षा १२ का उत्कृष्ट हुने विद्यर्थीहरुलाई नगदसहित पुरस्कृत गरियो । केही दिन अगाडि कलेजले आयोजना गरेको आन्तरिक हाजिरिजवाफ प्रतियोगिताका विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बिजेता हुने विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल देपेश बास्तोला, सञ्चलकहरु डा. राजन दत्त, सि.एम. श्रेष्ठ, डा. सुजितकुमार साह, मनिष भट्टराई तथा कलेजका प्रध्यापकहरु डा. घनश्याम श्रीवास्तव, डा. सितान्सु शेखर चौधरी, प्रध्यापक अशोक कुमार दास, विरेन्द्र कुमार झा, मीना देव, नारयण दास, श्रद्धा निरौलालगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबार, ०७ फागुन, २०७८, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर