मनमोहनमा रेल्वे, रोपवे र पानी जहाज इन्जिनियरिङको पढाई हुने

विराटनगर । प्रदेश १ मा स्थापना भएको देशको पहिलो प्राबिधिक विश्वविद्यालयले आगामी वैशाखदेखि इन्जिनियरिङ विषयमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय ९एमटीयु० ले २०७९ वैशाखदेखि इन्जिनियरिङतर्फ रेल्वे, रोपवे ९केवलकार०, पानी जहाज र लजिष्टिकलगायत विषयमा स्नातक तहको पहिलो ब्याचको पढाई सुरु गर्ने भएको छ ।

बैशाखदेखि स्नातक तहको बीई इन सिभिल ईन्जिनियरिङ र बीई इन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स इन्जिनियरिङ पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आवेदन खुला गरेको विश्वविद्यालयका उपकुलपति डा।सुभाषश्री पोखरेलले जानकारी दिए । उनका अनुसार पहिलो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार वर्षे इन्जिनियरिङ विषयमा सिभिलतर्फ २४ जना र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सतर्फ २४ गरि जम्मा ४८ जना विद्यार्थीहरु भर्ना हुनेछन् ।

भर्नाका लागि ३ फागुनदेखि आवेदन खुला भएको उपकुलति पोखरेलले बताए । स्नातक तहको इन्जिनियरिङ संकायमा रेल्वे, रोपवे र पानीजहाज, भौतिक पूर्वाधार निर्माणदेखि स्वदेशी उद्योगहरुलाई आवश्यक पर्ने सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न विषयमा पठनपाठन गरिने एमटियुका डिन डा।प्रचण्डमान प्रधानले जानकारी गराए ।

डिन प्रधानका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठनपाठनका लागि आधुनिक ल्याबसहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार भइसकेको छ । रजिष्ट्रार दिननाथ फुँयालका अनुसार स्नातक तहको चार वर्षे सिभिल ईन्जिनियरिङ कोर्ष पढ्न नेपाली विद्यार्थीले ५ लाख ८० हजार, विदेशी विद्यार्थीले ८ लाख ५० हजार र प्रयोजित विद्यार्थीले ७ लाख १५ हजार रुपैयाँ शुल्क तिनुपर्नेछ ।

एमटियुले इन्जिनियरिङ विषयको पहिलो सत्रदेखि नै ४८ जना विद्यार्थीमध्ये जम्मा १० जना विद्यार्थीलाई विभिन्न छात्रबृत्ति दिनेछ । भर्नाका लागि दलित, आदिवासी जनजाति, स्थानीय, महिला, घाइते अपाङ्गसहित २७ जना विद्यार्थीका लागि कोटा छुट्याइएको छ । २१ जना विद्यार्थीहरुले चाँही खुल्लाबाट भर्ना गरिनेछन् ।

संघीय सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिन ढिलाई गर्दा देशकै पहिलो प्राविधिक विश्वविद्यालयको पहिलो शैक्षिक सत्रको बिद्यार्थी भर्ना प्रक्रिया ६ महिनापछि मात्र सुरु भएको हो । इन्जिनियरिङ काउन्सिलले अध्ययन गरेर सिफारिसका लागि पठाएको फाइल ५ महिनासम्म भौतिक योजना मन्त्रालयमा रोकिएर बसको थियो ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले गरिब, दलित र जेहेन्दार घाइते आपाङ्ग विद्यार्थीहरुका लागि छात्रबृत्तिको व्यवस्था गर्न र पर्याप्त बजेट विनियोजन गर्न प्रदेश १ सरकारसँग आग्रह गरेको छ । उपकुलपति डा। पोखरेलका अनुसार पहिलो शैक्षिक सत्रदेखि नै एमटियुले आफ्नै श्रोतबाट विद्यार्थीलाई १० प्रतिशत छात्रबृत्ति दिने भएको छ ।

एमटीयुले मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठयक्रम निर्माण गरेर काउसिन्सलबाट स्वीकृत गराइसकेको छ । तर, स्वास्थ्य शिक्षा ऐन अनुसार स्नातक तहमा ७५ प्रतिशत र स्नातोकोत्तर तहमा सतप्रतिशत विद्यार्थीलाई छात्रबृत्तीमा पढाउनुपर्ने कानुनी व्यवस्था भएकोले शैक्षिक सत्र सुरु गर्न कठिनाई भइरहेको छ । एमटियु एक्लैले छात्रबृत्ती दिने क्षमता नभएकोले प्रदेश सरकारलाई आग्रह गरेपनि स्वीकृत नभएको उपकुलपति डा।पोखरेलले बताए ।

देशकै १३ वटा विश्वविद्यालयमध्ये कान्छो विश्वविद्यालय मनमोहनले सन् २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक विषयमा स्नातक तहदेखि पिएचडीसम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति डा।पोखरेलका अनुसार आगामी ५ वर्षभित्र एमटीयू दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ ।

सोमबार, ०२ फागुन, २०७८, साँझको ०६:३४ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर